scheduleशनिवार चैत्र २२ गते, २०७६

TAG

Tag: ग्रीन जोन
    इराकको ‘ग्रीन जोन’मै रकेट आक्रमण
    इराकको ‘ग्रीन जोन’मै रकेट आक्रमण
    ग्रीन जोन

    बग्दाद,१३ चैत्र । इराकको राजधानीमा बिहीवार सबेरै रकेट आक्रमण भएको छ । उच्च सुरक्षा व्यवस्था गरिएको ‘ग्रीन जोन’ मा आक्रमणकारीले दुई रकेट प्रहार गरेका हुन् । घटनास्थललाई अमेरिकी नेतृत्वको गठबन्धन सेनाले छाड्न लागेको केहि घण्टा अगाडि आक्रमण भएको इराकी अधिकारीले बताएका छन् । इराकमा झण्डै ७५ हजार अमेरिकी नेतृत्वको गठबन्धन सेना रहेका छन् । उनीहरू जिहादी विद्रोहीसँग लड्नका लागि इराकमा अमेरिकी नेतृत्वमा गठबन्धन सेनाको परिचालन गरिएको छ । तर पछिल्लो महिना उनीहरूको सङ्ख्या घट्दै गइरहेको जनाइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारीका कारण उनीहरूको भूमिका समेत कमजोर भएको बताइएको छ । घटनामा परि मानविय क्षतिको विवरण प्राप्त भएका छैन । आक्रमणको जिम्मेवारी समाचार तयार पार्दासम्म कसैले लिएको छैन । एएफपी  

    आजको लोकप्रिय

    default-addImage
    default-addImage