scheduleबुधवार माघ ८ गते, २०७६

TAG

Tag: ग्रेटा थुनबर्ग
    १६ वर्षीया बालिका ग्रेटा थुनबर्ग बनिन् ‘वर्ष लेखिका’
    १६ वर्षीया बालिका ग्रेटा थुनबर्ग बनिन् ‘वर्ष लेखिका’
    ग्रेटा थुनबर्ग

    एजेन्सी, १३ मंसिर । वातावरण संरक्षण अभियन्ता ग्रेटा थुनबर्गलाई ‘वर्ष लेखिका’ (अथर अफ द यिअर) घोषणा गरिएको छ । जलवायु परिवर्तनबारे विश्वव्यापी अभियान चलाएर चर्चामा आएकी १६ वर्षीया बालिका थुनबर्गलाई बेलायतको किताब बिक्रेता वाटरस्टोनले ‘वर्ष लेखिका’ घोषणा गरेको हो । यो पनिः १६ वर्षीया बालिकाले यसरी थर्काइन् विश्वका नेताहरुलाई मे महिनामा थुनबर्गको पहिलो किताब ‘नो वन इज टू स्मल टु मेक अ डिफरेन्स’ प्रकाशित भएको छ । जलवायु परिवर्तनबारे थुनबर्गले गरेका विभिन्न भाषणलाई संकलन गरी उक्त किताब तयार पारिएको थियो । थुनबर्गलाई यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि समेत मनोनयन गरिएको थियो । त्यस्तै वाटरस्टोनले चार्ली म्याकेसीको ‘द ब्वाई, द मोल, द फक्स एण्ड द हर्स’लाई ‘वर्ष किताब’ (बुक अफ द यिअर) घोषणा गरेको छ । 

    आजको लोकप्रिय

    default-addImage
    default-addImage