scheduleबुधवार भाद्र ४ गते, २०७६

TAG

Tag: घाँटी
    तनहुँमा एक व्यवसायीको घाँटी रेटी हत्या
    तनहुँमा एक व्यवसायीको घाँटी रेटी हत्या
    घाँटी

    प्रतिकात्मक तस्बिर तनहुँ, २८ साउन । तनहुँको बन्दीपुर गाउँपालिका–१, डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बेपत्ता भएका थिए । उनी हराएसँगै परिवारका सदस्यले खोजीका लागि प्रहरी गुहारेका थिए । प्रहरी उपरीक्षक सिलवालले घाँटीमा धारिलो चोट लागेको अवस्थामा शाहीको शव फेला परेको बताए । शाही सुनको सौखिन भएकाले यसकै प्रलोभनमा हत्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन् । प्रहरीका अनुसार शवलाई परीक्षणका लागि दमौली पठाएर थप अनुसन्धान भइरहेको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाइएको छ । । ‘घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम शुरु गरिसकेका छौं’, प्रहरी उपरीक्षक सिलवालले भने, ‘शङ्का लागेका केही व्यक्तिमाथि पनि...

    आजको लोकप्रिय

    Vianet
    default-addImage