scheduleमगलवार आश्विन २८ गते, २०७६

TAG

Tag: चक्लेटको सडक
    यहाँ बनेको छ चक्लेटको सडक
    यहाँ बनेको छ चक्लेटको सडक
    चक्लेटको सडक

    एजेन्सी, २७ मंसिर । तपाईले सानो हुँदा चक्लेटको घर, चक्लेटको जंगलका बारेमा बालकथाहरुमा प्रशस्तै सुन्नु भएको होला । वास्तविक जीवनमा यी कुराहरुको असम्भव्यताबारे तपाई जानकार पनि हुनुहुन्छ र तपाईले यी कुराको कल्पना सायद गर्नुहुँदैन होला । तर जर्मनीमा यो बालकथाको संसारलाई वास्तविक जीवनमा उतार्ने प्रयास भएको छ । हजुर जर्मनीमा चक्लेटको सडक खण्ड निर्माण भएको छ । तर आश्चर्यको कुरा यो कुनै योजनामा आधरित रहेर निर्माण भएको चक्लेटको सडक भने होइन यो त अचानक निर्माण भएको सडक हो । जर्मनीको वेस्टनेन शहरमा रहेको एउटा चक्लेट उद्योगमा रहेको ट्याँकी लिक हुँदा चक्लेट सडकमा बिछिएको हो । उद्योगको ट्याँकी लिक भएर करिब एक टन चक्लेट सडकमा बगेको थियो । अत्याधीक चिसो भएको कारण चक्लेट जमेर सडक बन्द भएको छ । त्यसको केही समयपछि बारुद नियन्त्रक समूहका २५ कर्मचारी दलले तातो पानीको प्रयोग गरी सडकबाट चक्लेट सफा गरेको छ ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage