scheduleमगलवार चैत्र २५ गते, २०७६

TAG

Tag: चाडबाड
    “यी चाडबाड किन आ’का होलान् ?”
    “यी चाडबाड किन आ’का होलान् ?”
    चाडबाड

    काठमाडौँ, २५ पुस । चाडबाडले छोपेपछि गरिब बस्तीमा चिन्ता पस्छ । खासगरी पराले झुप्रा बस्तीका मुसहरलाई टार्न पु¥याउन गाह्रो परेपछि पर्व आउँदा चिन्ता नै थपिन्छ । चाडबाड आएको छनक पाएपछि झुप्रामा नानीहरुको फुर्ति बढ्छ भने चाडबाडका सामान बजारको महँगीले जोड्न नसक्दा घरका मुख्य अभिभावक भने रनभूल्ल पर्छन् । मध्यपूर्वी तराईमा ‘तिलासङ्क्रान्त’ भनिने माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य समानको भाउ आकासिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईको मिथिला क्षेत्रमा यो पर्वमा अनिवार्य मानिने तिल र सक्खर (मिठ्ठा) सहितका आवश्यक सामानको मूल्य आकासिएपछि बनिबुतो ९कृषि ज्याला० गरेर जीवनयापन गर्ने गरिब बस्तीमा चिन्ता बढेको हो । महोत्तरीका बजारमा अहिले तिलको मूल्य प्रतिकिलो रु ४०० छ । त्यसैगरी सक्खरको मूल्य पनि प्रतिकिलो रु १२५ पुगेको छ । गत वर्ष यो पर्वताका तिल रु २५० र सक्खर रु ६५ प्रतिकिलो पाइएको सर्वसाधारण उपभोक्ता सम्झन्छन् तर, यसपालि तिला सङ्क्रान्त पर्वमा अनिवार्य मानिने तिल र सक्खरको मूल्य आकासिएपछि...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage