scheduleबुधवार आषाढ़ ११ गते, २०७६

TAG

Tag: जनजीवन
    भारतमा गर्मीका कारण जनजीवन प्रभावित
    भारतमा गर्मीका कारण जनजीवन प्रभावित
    जनजीवन

    नयाँ दिल्ली, १९ जेठ । भारतमा बढेको अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । भारतको मौसम विभागका अनुसार राजधानी दिल्ली सहित देशका अधिकांश क्षेत्रमा तापक्रम ४० देखि ५० डिग्रि सेल्सियसमा पुगेको छ । बढ्दो गर्मीका कारण मानिसहरुलाई घर बाहिर निस्कन र दैनिकी चलाउन समस्या भएको छ । विभागका अनुसार आउने ३ दिनसम्म अझैं गर्मी बढ्ने छ । गर्मीका कारण भारतको आन्द्र प्रदेश, उत्तर प्रदेश, पश्चिम बंगाल, काश्मिर सहितका राज्यमा गर्मीले जनजीवन प्रभावित बनेको छ । गर्मीकै कारण भारतमा प्रत्येक वर्ष ५० भन्दा बढीको मृत्यु समेत हुने गरेको छ । गर्मीकै कारण राजधानी दिल्लीसहितका विभिन्न अस्पतालमा लू लागेर बिरामी आउने सङ्ख्या पनि बढेको छ । साथै भाइरल ज्वरो र रुघाखोकीका बिरामीपनि अस्पताल आउने क्रम बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  

    आजको लोकप्रिय

    Vianet
    Sajhajob