scheduleबिहिवार आश्विन २ गते, २०७६

TAG

Tag: जनसम्वाद
    चिवा भञ्ज्याङ–झुलाघाट डायरी–७
    चिवा भञ्ज्याङ–झुलाघाट डायरी–७
    जनसम्वाद

    दैलेखको ठूलै गाउँ रहेछ, वस्तकोट । ढुंगा र माटोले बनेका पहाडी घरहरु । तर, जाजरकोटभन्दा फरक यहाँका अधिकांश घरहरु जस्तापाताले छाएका थिए । जाडोबाट बच्न दलिन र निदालसम्म सिनित्त रातो माटोले लिपिएका घर । ढोकाको आग्लो लगाएपछि जाडो छिर्ने कुनै चान्स थिएन । साँझ वस्तकोट स्कुलको मैदानमा जनसंवादको १२५ औं कार्यक्रम हुँदै गर्दा जाडो निक्कै तीखो थियो । स्थानीय कलाकारहरु देउडा गाउँदै कार्यक्रम लम्ब्याउँदै थिए । जाडोले कार्यक्रम छिटो सकिए हुन्थ्यो भन्ने लाग्न थालेको थियो । रातको बास कस्तो पर्ला भन्ने चिन्ता थियो नै । एउटा सानो कोठमा ५ जना घुस्रिएर सुत्यौं । अलिक साँघुरो त भयो, तर, जाडो भएन । १२ गते बिहान झिसमिसेमै उठेर हिड्यौं । निक्कै लामो बाटो छिचाल्नु थियो आज । साँझ पर्नुअघि अछामको मंगलसेन पुगेर कार्यक्रम गर्नु थियो, बास बस्नु थियो । हिजो साँझ बास बस्ने घर पुग्दा ९ बजेको थियो रातको । आज बिहान ५ बजे नै उठेर हिंडियो । बास दिने घरबेटीको अनुहारसमेत राम्रो हेर्न, चिन्न पाइएन । राती सोलरका चिमहरुको प्रकाश मधुरो थियो । बिहान आँगनबाटै...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage