scheduleआइतवार भाद्र १ गते, २०७६

TAG

Tag: जलविद्युत् कार्यक्रम
    जनताको लगानीमा आवेदन खुल्यो, प्रधानमन्त्री ओलीको १० हजार कित्ता शेयर
    जनताको लगानीमा आवेदन खुल्यो, प्रधानमन्त्री ओलीको १० हजार कित्ता शेयर
    जलविद्युत् कार्यक्रम

    काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी बिहिबार जनताको शेयर आवेदन शुभारम्भ गरेका  छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन् । उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिईन् । यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ । यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ को नारासहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो । रासस  

    आजको लोकप्रिय

    Vianet
    default-addImage