scheduleबुधवार भाद्र ४ गते, २०७६

TAG

Tag: जलविद्युत आयोजना
    भेलले बगाएका इन्जिनियर बेपत्ता, २ जनाले भागेर ज्यान बँचाए
    भेलले बगाएका इन्जिनियर बेपत्ता, २ जनाले भागेर ज्यान बँचाए
    जलविद्युत आयोजना

    फाइल फोटो मेलम्ची, २१ असार । सिन्धुपाल्चोकको निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर बेपत्ता भएका छन् । जुगल गाउँपालिका–२ गोल्चेमा निर्माणाधीन गाउँघर उज्यालो साना घट्ट खोला जलविद्युत् आयोजनामा अबिरल वर्षाासँगै आएको भेलले निर्माणाधीन जलविद्युत् आयोजनाका एक इन्जिनीयर बेपत्ता भएका हुन् । शुक्रबार मध्यरातमा आयोजनाभित्र भेल पस्दा जलविद्युत् आयोजनामा कार्यरत दोलखा सुनखानी–९ घर भई हाल दोलखा कालीञ्चोक–८ बस्दै आएका २३ वर्षका इन्जिनीयर मुक्ति सिवाकोटीलाई भेलले बगाएको हो । आयोजनामा सापकोटासहित तीन जना बस्दै आएका थिए । अन्य दुई जना भागेर बाँच्न सफल भए पनि उनलाई भने भेलले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी माधव काफ्लेले जानकारी दिए । बेपत्ता सापकोटाको खोजीका लागि प्रहरी खटिएको काफ्लेले जानकारी दिए । आयोजनाभित्र भेल पस्दा आयोजनाको एउटा मोटरसाइकल बगाएको छ भने आयोजनामा क्षतिमा पुगेको छ ।  

    आजको लोकप्रिय

    Vianet
    default-addImage