scheduleशनिवार कार्तिक २ गते, २०७६

TAG

Tag: जवरजस्ती करणी
    सात वर्षमा चार गूणाले बढ्यो जवरजस्ती करणी
    सात वर्षमा चार गूणाले बढ्यो जवरजस्ती करणी
    जवरजस्ती करणी

    काठमाडाैं, ७ असोज  ।  देशभरको तथ्यांक हेर्दा पछिल्लो सात वर्षमा जवरजस्ती करणीका घटना चार गूणाले बढेको छ । नागरिक तथा अधिकारकर्मीले जवरजस्ती करणीका घटनामा प्रहरीले फितलो अनुसन्धान गरेको आरोप लगाउदै आएका छन् । आर्थिक वर्ष २०७५/७६ मा जवरजस्ती करणीका २ हजार दुइ सय ३३ वटा घटना प्रहरीमा दर्ता भए । सात बर्ष अघि आर्थिक वर्ष २०६८/६९ मा यो संख्या ५ सय ५७ थियो । गत बर्षको तथ्याङ्क अनुसार दैनिक कम्तीमा ६ वटा जवरजस्ती करणीका घटना प्रहरीमा पुग्ने गरेको छ । प्रहरी महानिरिक्षक सवेन्द्र खनाल पछिल्ला बर्ष जवरजस्ती करणीका घटना बढेको नभइ उजुरी गर्ने क्रम बढेको बताउछन् । प्रहरीको तथ्यांकलाई हेर्दा जवरजस्ती करणीका घटनाको संख्या बढिरहेको छ । तीन वर्षको बालिकादेखी ७० बर्षको हजुर आमासम्म बलात्कारमा परेका छन् । जनजाती तथा दलित समुदायका महिलाहरु जवरजस्ती करणीमा धेरै पर्ने गरेको प्रहरीको तथ्याङ्कमा छ । महिलाहरुको सुरक्षामा प्रहरी चुकेको आयोगका अध्यक्ष अनुपराज शर्माले बताए ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage