scheduleबुधवार आषाढ़ ४ गते, २०७६

TAG

Tag: ज्योति अधिकारी
    गाउँघरमा पर्यटनः पेशाकर्मी उत्पादन वा गन्तव्यको पहिचान
    गाउँघरमा पर्यटनः पेशाकर्मी उत्पादन वा गन्तव्यको पहिचान
    ज्योति अधिकारी

    पर्यटन पेशाकर्मी उत्पादन गर्ने क्षेत्रको पहिचान नेपालमा पर्यटनको पेशाकर्मीहरु र पछिल्लो समय उद्यमीहरु उत्पादन गर्ने क्षेत्रको रुपमा यो भूगोल (धादिङ १ ख) लाई चिनिन्छ । पेशाकर्मी उत्पादन गर्ने क्षेत्रको यो पहिचान जोगाउन कडा मेहनत गर्नसक्ने र वर्तमानको चुनौती र सम्भावनालाई चिन्न र उपयोग गर्न सक्ने युवा जनशक्तिहरुलाई थप प्रोत्साहन र हौसलाको वातावरण सिर्जना गर्दै अगाडि बढ्नुपर्छ । यो जनशक्तिसँगसँगै बालबालिकालाई उचित खानपान, शिक्षा (पर्यटनका विभिन्न विधाहरुको परिचयात्मक शिक्षा पनि विद्यालय अवस्थामा नै दिने) र खेतबारी अर्थात् माटोमा खेल्दै हुर्कने संस्कार र संस्कृतिको विकास हुने उचित वातावरण बनाउन जनप्रतिनिधिहरु संवेदनशील हुनैपर्छ । कठिन भूगोलमा खेल्दा खेल्दै हुर्केका बालबालिकाहरुले नै हो भोलिको पर्यटन व्यावसायमा नविनता र दिगोपना थप्ने । सिङ्गो पृथ्वी एउटा घर सिङ्गो पृथ्वी एउटा घर हो । उचित क्षमताका युवा जनशक्तिहरु भएको समाज नै आजको विश्वमा भाईचाराको सम्बन्ध कायम गर्न सफल प्रगतिउन्मुख विश्व विजेता...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob