scheduleशुक्रवार फाल्गुन ९ गते, २०७६

TAG

Tag: झाडाबान्ता
    प्रदूषित पानीले झाडाबान्ताका बिरामी बढे
    प्रदूषित पानीले झाडाबान्ताका बिरामी बढे
    झाडाबान्ता

    चितवन, २५ असार । वर्षात सुरु भएसँगै दूषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडाबान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात/आठ झाडावान्ताका बिरामी आउन थालेका छन् । प्रदूषित पानीसँगै भारतबाट आयातित आँपका कारण रोग देखापरेको डा अग्रहरीले जानकारी दिए। यस्ता बिरामी युवा अवस्थाका छन्। निजी अस्पतालमा पनि झाडावान्ताका बिरामी आउन थालेका छन् । दुषित पानीका कारण झाडावान्ता हुने, पेट दुख्ने, ज्वरो आउने, दिसामा रगत देखिने गर्दछ। झाडावान्ताका कारण शरीरमा पानीको मात्रा कम भएपछि मिर्गौलामा समेत असर पर्ने उनले बताए। झाडावान्ताले शरीरमा हुने पौष्टिकतत्व र पानीको मात्रा घट्न गई मिर्गौलामा असर पर्दछ भने रक्तचाप कम हुने गर्दछ। सङ्क्रमित पानीमा टाइफाइडको किटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाइफाइडको ज्वरो आउने अग्रहरी बताए। यस्तो ज्वरो आउँदा टाउको...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage