scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: टाइम्स अफ नेपाल
    नेपालीमै समाचार पढेर सुनाइदिने एप्स आयो
    नेपालीमै समाचार पढेर सुनाइदिने एप्स आयो
    टाइम्स अफ नेपाल

    काठमाडौं, ८ असार । समाचार पढ्न नसक्ने वा पढ्न समय नभएका पाठकहरुलाई नेपालीमा समाचार पढेर सुनाइदिने एप्स आएको छ । जिनियस सिस्टम्सले जारी गरेको मोबाइल एप ‘टाइम्स अफ नेपाल’ले समाचार आवाजसहित प्रस्तुत गर्ने गरी एपलाई अपडेट गरेको हो । यस एपमा अब पाठकहरुले समाचार पढ्ने मात्र हैन सुन्न पनि सक्नुहुन्छ । अब ‘टाइम्स अफ नेपाल’मा मोबाइल आफैले पाठकहरुलाई समाचार पढेर सुनाइदिने भएको हो । हाललाई यो फिचर एन्ड्रोइडमा मात्र उपलब्ध हुने छ । यो फिचर प्रयोग गर्नका लागि इन्टरनेटको आवश्यकता पर्नेछ । यो फिचरले लेख-पढ गर्न नसक्ने, वा समाचार पढ्न समय दिन नसक्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका लागि धेरै नै उपयोगी हुने देखिएको छ । एप लञ्च भएको छोटो समयमा नै गुगलले नेपालको न्युज एण्ड म्यागेजिन एपको ट्रेन्डिङ्को सूचीमा प्रथम स्थानमा राखेको थियो । नेपाली पाठक वर्ग माझ लोकप्रिय बन्दै गएको यो एपमा अहिले विभिन्न फिचरहरु थपेको छ । साथै ‘टाइम्स अफ नेपाल’मा मिति तथा मौसम पनि हेर्न मिल्ने सुविधा राखिएको छ ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage