scheduleशनिवार चैत्र २२ गते, २०७६

TAG

Tag: टेकु
    कोरोना संक्रमित दुई बिरामीको पुनः पोजेटिभ नतिजा आयो
    कोरोना संक्रमित दुई बिरामीको पुनः पोजेटिभ नतिजा आयो
    टेकु

    काठमाडौं, २० चैत । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोभिड १९ संक्रमित थप दुईजनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । मंगलबार घाँटीको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा आज आएको नतिजामा यस्तो देखिएको हो । अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाका अनुसार रिपोर्ट पोजेटिभ आएसँगै उनीहरुको अस्पताल बसाई लम्बिएको तर उनीहरुको स्वास्थ्य अवसथा भने सामान्य रहेको छ । यसअघि फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा अहिलेसम्म ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । एकजना उपचार पछि घर फर्किसकेका छन् भने एक जनाको बाग्लुङमा र अर्का एक जनाको धनगढीमा उपचार भइरहेको छ ।  

    आजको लोकप्रिय

    default-addImage
    default-addImage