scheduleबुधवार भाद्र ४ गते, २०७६

TAG

Tag: डा. सिके राउत
    सांसद सूर्यनारायणले सुटुक्क राजीनामा दिएपछि चर्चामा सिके
    सांसद सूर्यनारायणले सुटुक्क राजीनामा दिएपछि चर्चामा सिके
    डा. सिके राउत

    काठमाडौं, २९ साउन । सप्तरी क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित यादवले पार्टी (समाजवादी) लाई जानकारी नदिई संसद् सचिवालयमा राजीनामा पेस गरेका हुन् । राजीनामा दिनुको कारणबारे सांसद यादवले केही बोल्न चाहेनन् । समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले डा. यादवको राजीनाबारे जानकारी गराएका थिए । अध्यक्ष यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामा स्वीकृत नगर्न आग्रह गरेका छन् । समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले डा. यादवको राजीनामाबारे पार्टीलाई कुनै जानकारी नभएको बताए । ‘उहाँले किन राजीनामा दिनुभयो, थाहा हुन सकेको छैन’, अधिकारीले भने, ‘हामी यसबारे बुझ्दै छौं ।’ डा. यादव जनकपुरका बालरोग विशेषज्ञ हुन् । राजनीतिमा खासै सक्रिय नदेखिएका डा. यादव निर्वाचनमा एक्कासि फोरमको उम्मेदवारका रूपमा चुनावी मैदानमा देखिएका थिए । सांसद यादवको राजीनामा उपचुनावसँग जोड्न...

    आजको लोकप्रिय

    Vianet
    default-addImage