scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: डेङ्गु नियन्त्रण
    प्रतिनिधिसभा बैठक : डेङ्गु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण
    प्रतिनिधिसभा बैठक : डेङ्गु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण
    डेङ्गु नियन्त्रण

    काठमाडौँ, २४ भदाे । इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडौँ उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै त्यसका लागि सरकारलाई बधाई ज्ञापन गरिन् । सांसद सुजिता शाक्यले पशुपतिको भेटी चुहावट भएर विदेश पुगेको कुरा सुनिन आएको हुँदा भेटीको पारदर्शिता कायम गर्न र हुन सक्ने चुहावट रोक्न निगरानी गर्न पशुपतिमा स्क्यानिङ मेशिनको व्यवस्था गर्न माग गरिन् । सांसद विनादेवी बुढाथोकीले निकै छिटो गतिमा डेङ्गु रोग फैलिएकामा जनता निकै आत्तिएका हुँदा यसको प्रभावकारी नियन्त्रणका लागि सरकारबाट ठोस कदम चालियोस् भनिन् । सांसद सुजाता परियारले मुलुकमा अहिले धेरै ठाउँमा डेङ्गु फैलिएको हुँदा सहजरुपमा परीक्षण...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage