scheduleसोमवार चैत्र ११ गते, २०७५

TAG

Tag: डेम्बेले
    चोटका कारण महत्वपूर्ण दुई खेल गुमाउँदै डेम्बेले
    चोटका कारण महत्वपूर्ण दुई खेल गुमाउँदै डेम्बेले
    डेम्बेले

    बार्सिलोना, ३० फागुन । बार्सिलोनाका मिडफिल्डर ओसमाने डेम्बेले यो सिजनका सबै प्रतियोगितामा गरी १४ गोल गरिसकेका छन् । बुधबार लियोनविरुद्ध च्याम्पियन्स लिगमा ५-१ को जितमा पनि उनले गोल गरेका थिए । यो सिजनको च्याम्पियन्स लिगमा उनले तीन गोल गरिसकेका छन् । त्यसो त उनी बार्सिलोनाको उच्च प्राथमिकतामा पर्ने खेलाडी भने होइन । तर, पछिल्लो समय उनले टिमको मन जितिरहेका थिए । पटकपटक लागेको चोटका कारण उनले स्वास्थ्य परीक्षण गरेका छन् । स्वास्थ्य परीक्षणको नतिजाअनुसार उनी अब तीनदेखि चार साता मैदान बाहिर रहनुपर्ने भएको छ । बोरुसिया डर्टमन्डबाट सन् २०१७ मा बार्सिलोना पुगेपछि २१ वर्षीय मिडफिल्डर डेम्बेले धेरैपटक मैदानमै घाइते भएका छन् । मैदान बाहिर आराम गरिरहँदा उनले ला लिगामा एट्लेटिको म्याड्रिडविरुद्ध अप्रिल ६ मा हुने खेल गुमाउने छन् । त्यसैगरी च्याम्पियन्स लिग क्वार्टरफाइनलको अप्रिल ९ वा १० मा पहिलो लेग गुमाउनेछन् ।  

    आजको लोकप्रिय

    Vianet
    NTC
    Sajhajob