scheduleबुधवार मंसिर ४ गते, २०७६

TAG

Tag: दादुरा
    विश्वमा बढे दादुराका बिरामी
    विश्वमा बढे दादुराका बिरामी
    दादुरा

    एजेन्सी, ४ वैशाख । विश्व स्वास्थ्य संगठन डब्लुएचओले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको सङ्ख्या ३ सय प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाई छ । ‘विश्वभरबाट संकलित प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा दादुराका बिरामी ३ सय प्रतिशतले बढेको पाइएको डब्लुएचओले जनाएको छ । डब्लुएचओको वक्तव्यमा भनिएको छ, ‘सङ्कलित तथ्यांक प्रारम्भिक विवरण हो, तर यसले बढ्दो प्रवृत्तिलाई सङ्केत गरेको छ । धेरै देशमा दादुराका बिरामी निकै ठूलो संख्यामा देखिएका छन् । विश्वका सबैजसो क्षेत्रमा दादुराका बिरामी पाइएको छ ।’ यसवर्ष विश्वका १ सय ७० देशबाट संकलित तथ्याङ्कमा एक लाख १२ हजार १ सय ६३ जनामा दादुरा पाइएको छ । गत वर्ष १ सय ६३ देशको तथ्याङ्कमा २८ हजार १ सय २४ जनामा दादुरा देखिएको थियो । हावाबाट संक्रमण हुने दादुराबाट...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage