scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: नयाँ रेकर्ड
    नयाँ रेकर्ड बनाउँदै आइतबार सुनको भाउ बढ्यो
    नयाँ रेकर्ड बनाउँदै आइतबार सुनको भाउ बढ्यो
    नयाँ रेकर्ड

    काठमाडौं, ८ भदौ । आइतबार सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य बढेर ७२ हजार ५ सय पुगेको हो । आजको भाउसँगै सुनले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ७१ हजार रहेको तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको हो । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ८ सय २५ रहेको चाँदी आज एकै तोलामा २५ रुपैयाँले बढेर ८ सय ५० पुगेको छ । चाँदीमा पनि यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । आइतबारको भाउ अहिलेसम्मकै सबैभन्दा बढी मूल्य भएको महासंघले जनाएको छ । यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो । जुन यसअघिको सबैभन्दा उच्च मूल्य हो । त्यसपछि घटेर ७१ र भदौ ४ मा पुन ३ सय बढेर ७१ हजार ३ सयमा सिमित भएको सुनको मूल्य आइतबार पुन बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य प्रतिऔंस १५ सय २७ पुगेको छ ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage