scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: नृत्य
    लगातार १ सय २६ घण्टा नाचेर गिनिज बुकमा रेकर्ड राख्ने बन्दना नेपालको घोषणा
    लगातार १ सय २६ घण्टा नाचेर गिनिज बुकमा रेकर्ड राख्ने बन्दना नेपालको घोषणा
    नृत्य

    काठमाडौं, १९ कात्तिक । नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य गर्ने घोषणा गरेकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बन्दनाले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ हाँसिल गर्नको लागि आफु तयार रहेको विश्वास दिलाईन् । नेपाली संस्कृति र सभ्यतामाथि पश्चिमा संस्कृतिले आक्रमण गरिरहेको बताउँदै नृत्याङ्गना नेपालले त्यसलाई रोक्नको लागि आफूले ‘कल्चरल’ पोशाकमा उक्त नृत्य गर्न लागेको पनि जनाईन् । उनले भनिन्, ‘म सानैदेखि नृत्यकर्ममा रुचि राख्ने माान्छे हुँ, आजको दिनसम्म म यसै क्षेत्रमा लागिरहेकी छु, हाम्रो सभ्यता र संस्कृतिलाई पश्चिममा संस्कृतिले आक्रमण गरिहरहेको छ, यसलाई हामीले रोक्नुपर्छ, हाम्रो संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ, त्यो कर्तव्य हाम्रै हो, हरेक नेपालीहरुले देशको शीर माथि उठाउने काम गर्नुपर्छ, म आँफैमा ढुक्क...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage