scheduleसोमवार माघ ६ गते, २०७६

TAG

Tag: न्यूजील्यान्ड
    न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट, कैयौँ घाइते
    न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट, कैयौँ घाइते
    न्यूजील्यान्ड

    फाइल फोटो एजेन्सी, २३ मंसिर । न्यूजील्यान्डमा भएको एउटा ज्वालामुखी विस्फोटमा झन्डै २० जना मानिस घाइते भएका र  केही सम्पर्कविहीन भएको बताइएको छ ।  न्यूजील्यान्डको उत्तरपूर्वी भेगको ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो। घाइतेमध्ये केही गम्भीर अवस्थामा रहेको उद्धारकर्मीहरूले जनाएका छन् । घाइतेहरूको शरीर पोलेको छ। विस्फोट भएको समयमा उक्त ह्वाईट आईल्यान्डमा दर्जनौँ मानिसहरू रहेको बताइएको छ। सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो। ह्वाईट आईल्यान्ड पर्यटकीय स्थल हो त्यहाँ दैनिक पर्यटकीय भ्रमण कार्यक्रम एवं हवाई भ्रमण हुने गर्छन्।    

    आजको लोकप्रिय

    default-addImage
    default-addImage