TAG
- पत्रकारपत्रकारको योग्यता निर्धारण गरिने
- पत्रकारजनप्रतिनिधिद्वारा पत्रकार कुटिए

दुर्घटनामा ज्यान गुमाएका पत्रकार पराजुली काभ्रेपलाञ्चोक, १० कात्तिक । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । आजै पाँचखालमा भएको अर्को दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नपा–४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नपा–१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनामा नेपाल प्रहरीका पूर्व एआइजी किरण गौतम, पनौतीका प्रदीप बोगटी, सीताराम हुमागार्इँ र शुसील भण्डारी घाइते भएका छन् । घाइतेमध्ये गौतमको अवस्था गम्भीर छ । घाइतेलाई धुुलिखेल अस्पतालमा ल्याइएको छ । आजै अपराह्न ४ बजे पाँचखाल नगरपालिका–६ तीन पिप्ले बजारमा धुलिखेलबाट...