TAG
- पाइलटजब विमानमै निदाए पाइलट…

एजेन्सी । इन्डोनेसियाको नजिक रहेको समूद्री क्षेत्रमा दुर्घटनाग्रस्त एयर एसियाको विमानको ब्ल्याक बक्सबाट ‘ककपिट भ्वाइस रेकर्डर’ निकालिँदैछ । पाइलटले आखिरी समयमा के भन्दै थिए, यही सुन्नका लागि भ्वाइस निकाल्न लागिएको हो । यसबाट दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने विश्वास गरिएको छ । यसरी ब्ल्याक बक्समा रहेको ककपिट भ्वाइस रेकर्डरबाट आवाज निकाल्न लागिएको यो पहिलो पटक भने होइन । विभिन्न समयमा दुर्घटनाग्रस्त विमानका ब्ल्याक बक्सबाट यस्ता आवाजहरु निकालिसकिएका छन् । यस्ता आवाजहरु निकै नै हृदयविदारक हुने गर्छन् । एक किसिमको डर, चिच्याहट मृत्युलाई आफ्नो सामने देखेपछि आउने नै भयो । अन्तिम समयमा कतिले भगवान त कतिले आमालाई सम्झिएको पाइन्छ । यस्तै ७ वटा भोइस क्लिपमा बोलिएका आवाजबारे हामीले यहाँ जानकारी दिँदैछौं । ७ मे १९६४: प्यासिफिक एयरलाइन्स ७७३ मा एक प्यासेन्जरले दुई पाईलटलाई गोली प्रहार गरे । त्यसको केही बेरमा विमान क्यालिफोर्नियाको पहाडमा ठोकियो । आखिरी शब्द: ‘स्पीकरलाई गोली लाग्यो……, हामीलाई गोली...