scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: पाठेघर उपचार
    तीनसय बढी महिलाको पाठेघर उपचार
    तीनसय बढी महिलाको पाठेघर उपचार
    पाठेघर उपचार

    लम्की, २२ वैशाख । कैलालीको जानकी गाउँपालिकाको गौलौरीमा शनिबार आयोजित निःशुल्क पाठेघर जाँच शिविरमा ३४२ ले सेवा लिएका छन् । सेवा लिएकामध्ये तीनको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, पाँचको पाठेघरमा रिङ राख्नुपर्ने, पाँचको बाझोपन, २३ अविवाहित महिलामा महीनावारीको गढबढी देखिएकाले थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ । यी महिलाको निःशुल्क उपचारको व्यवस्थासमेत गरिएको मुनुवा स्वास्थ्यचौकीका प्रमुख बिर्ख विष्टले जानकारी दिनुभयो । शिविरमा सेवा लिन आएकामध्ये एकको पिसाबथैलीमा बढी समस्या र अर्का एकको क्यान्सरको लक्षण देखिएकाले उनीहरुलाई पनि नेपालगञ्ज सिफारिसश गरिएको छ । “शिविरमा सेवा लिन आएका करीब ८० प्रतिशत महिलामा प्रजनन अङ्गमा सङ्क्रमण देखिएको छ । शिविरमा ६५ को भिडियो एक्सरे गरिएको छ ।” मुनुवा स्वास्थ्यचौकीका प्रमुख विष्टले भने, “ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा पाएपछि गाउँका महिला खुशी भएका छन् । लामो समयदेखि उपचार सेवा लिन नसकेका महिलाले समेत उपचार गरेका छन् ।” पाठेघर खसेकी...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage