scheduleसोमवार चैत्र २४ गते, २०७६

TAG

Tag: पिलर
    पुलको पिलर हेर्दै डुंगामा सरर …
    पुलको पिलर हेर्दै डुंगामा सरर …
    पिलर

    कञ्चनपुर, ३२ साउन । दुई वर्षभित्र सक्ने गरी ०७१ असारमा एलाइट एडभेन्चर जेभीले धनगढी चटकपुर र कञ्चनपुरको राजघाट जोड्ने मोहना नदीमा पुल बनाउने सम्झौता गरेको थियो । तर, अहिलेसम्म पुलका खम्बा मात्रै ठडिएका छन् । दुईपटक थपिएको अवधिमा पनि काम सम्पन्न हुन सकेको छैन । सात करोड ४२ लाखमा पुल निर्माण गर्ने सम्झौता भएको ठेकेदार कम्पनीले पुल नबनाइकन हालसम्म चार करोड नौ लाख ८१ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । धनगढी चटकपुर र कञ्चनपुरको राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । दुई वर्षभित्र सक्ने गरी ०७१ सालमा निर्माण सम्झौता भएकोमा पाँच वर्ष बित्दा पनि करिब आधा काम बाँकी छ । निर्माणाधीन पुल अलपत्र हुँदा स्थानीय बासिन्दा भने पैसा तिरेर डुंगाबाट नदी तर्न बाध्य छन् । नयाँ पत्रिका दैनिकमा तेजराज भट्टले खबर लेखेका छन् ।  

    आजको लोकप्रिय

    default-addImage
    default-addImage