scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

TAG

Tag: पुरुष फुटबल च्याम्पियनसिप
    साफ च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै
    साफ च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै
    पुरुष फुटबल च्याम्पियनसिप

    काठमाडौं, ४ भदौ । पाँचौं संस्करणको साफ १५ वर्ष मुनिको पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भारतको सामना गर्दैछ । भारतको कल्याणीस्थित कल्याणी रंगशालामा नेपालले पहिलो खेलमा आयोजक राष्ट्रको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल अपरान्ह १२ः १५ बजेपछि सुरु हुनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल पहिलो खेलमा बलियो टोली भारतलाई स्तब्ध बनाउने योजनामा रहेको छ । नेपालले हालसम्म पन्ध्र वर्ष मुनिको उपाधि जित्न सकेको छैन । तर, पाँचौ संस्करणमा भने नेपाल उपाधि जित्ने योजनमा छ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । भारतपछि नेपालले शुक्रबार श्रीलंका, तेस्रो खेलमा आईतबार बंगलादेश र अन्तिम खेलमा अर्को साताको बुधबार भुटानको सामना गर्नेछ ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage