scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: प्रधानाध्यापक पक्राउ
    प्रधानाध्यापकले नै आफैंले पढाइरहेकी छात्राको संवेदनशील अंगमा हात पुर्याएपछि…
    प्रधानाध्यापकले नै आफैंले पढाइरहेकी छात्राको संवेदनशील अंगमा हात पुर्याएपछि…
    प्रधानाध्यापक पक्राउ

    फाइल फोटो रत्ननगर, २९ पुस। नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्राको संवेदनशील अङ्गमा हात पुर्याएपछि एक प्रधानाध्यापक पक्राउ परेका छन् । पौडेलले छात्राको संवेदनशील अङ्गमा हात पुर्याएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो । गैँडाकोट नगरपालिका–११, भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुर्व्यवहार गरेको भनी उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । छात्रा एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी थिइन् । उजुरी परेपछि पौडेललाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखेको छ । पौडेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage