scheduleसोमवार चैत्र २४ गते, २०७६

TAG

Tag: प्रहरी चौकी
    मध्यरातमा सिन्धुपाल्चोक प्रहरी चौकीमा आक्रमण
    मध्यरातमा सिन्धुपाल्चोक प्रहरी चौकीमा आक्रमण
    प्रहरी चौकी

    सिन्धुपाल्चोक, २५ माघ । शनिबार मध्यराति सिन्धुपाल्चोकको प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण भएको छ । सो आक्रमणबाट  चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएको बताइएको छ । १०\१२ वटा मोटरसाइकलमा आएको अज्ञात समूहले मध्यराति १ः३० बजे एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सो आक्रमणमा  प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको प्रहरीले बताएको छ । आक्रमणका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौँ लगिएको र प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङ लाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    आजको लोकप्रिय

    default-addImage
    default-addImage