scheduleबिहिवार श्रावण २ गते, २०७६

TAG

Tag: प्रेमीको हत्या
    श्रीमान्सँग मिलेर प्रेमीको हत्या
    श्रीमान्सँग मिलेर प्रेमीको हत्या
    प्रेमीको हत्या

    कैलाली, २६ असार ।  कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय -फलटुडे-, कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान् लालबहादुर लामासँग मिलेर निज कल्पनाले प्रेमी अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । यही असार २२ गते कुँवरको हत्या गरेर आफ्नो घरदेखि ५० मिटरको दूरीमा रहेको खोलमा खाल्डो खनी पुरिएको अवस्थामा बिहीबार शव फेला परेको विश्वकर्माले बताए । प्रहरीले कल्पनाका श्रीमान्लाई समेत पक्राउ गरेको छ । मृतक गुल्मी जिल्ला घर भई यस क्षेत्रमा मजदूरीको काम गर्दै आएको बुझिएको छ ।  

    आजको लोकप्रिय

    Vianet
    Sajhajob