scheduleबुधवार आश्विन २९ गते, २०७६

TAG

Tag: फर्नान्डो टोरेस
    स्पेनका चर्चित स्ट्राइकर टोरेसले लिए सन्यास
    स्पेनका चर्चित स्ट्राइकर टोरेसले लिए सन्यास
    फर्नान्डो टोरेस

    एजेन्सी, ७ भद। स्पेनका स्ट्राइकर फर्नान्डो टोरेसले खेल जीवनबाट सन्यास लिएका छन् । सन् २०१० को विश्वकपमा स्पेनलाई उपाधि  जिताउनमा टोरेसको महत्वपूर्व भूमिका थियो । उनले स्पेनलाई २०१२ को युरो जिताउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पछिल्लो समय जापानको सागन टोसु फुटबल क्लबबाट ब्यवसायिक फुटबल खेल्दै आएका थिए । ३५ वर्षीय टोरेसले सागन टोसुबाट अन्तिम खेल खेल्दै खेलाडी करिअरलाई बिट मारेका हुन् । टोरेसको टोली अन्तिम खेलमा स्पेनिस आन्द्रेस इनीएस्टा सम्मिलित भिसेल कोबेसँग ६–१ गोलले पराजित भएको थियो । इनिएस्टा र टोरेस स्पेनका लागि उमेर समूहदेखि सँगै खेलेका खेलाडी हुन् । टोरेसले स्पेनको एट्लेटिको म्याड्रिडबाट व्यावसायिक खेल जीवन सुरु गरेका थिए । उनले प्रिमियर लिग क्लब लिभरपुल र चेल्सीबाट पनि खेलेका थिए । चेल्सीबाट लोनमा एसी मिलानबाट पुगेका उनी केही समय एट्लेटिकोनै फर्किएका थिए । पछिल्लो समय जापानी क्लब पुगेका उनले त्यहीबाटै खेल जीवन अन्त्य गरे ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage