scheduleबुधवार आषाढ़ ४ गते, २०७६

TAG

Tag: बँदेल
    बँदेललाई थापेको ‘एम्बुस’मा मान्छे परेपछि …
    बँदेललाई थापेको ‘एम्बुस’मा मान्छे परेपछि …
    बँदेल

    बुटवल, ११ वैशाख । विद्युतीय धराप थापेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, तिलोत्तमा नगरपालिका– ११ का २६ वर्षीय उपेन्द्र शाह, ३५ वर्षीय नरबहादुर पुन, २८ वर्षीय कृष्ण राना र ४० वर्षीय अमर पुन रहेका छन् । बँदेल मार्न विद्युतीय धराप थापेको र धरापमा परी मृत्यु भएका व्यक्तिको शवलाई खाल्डोमा गाडी घटना लुकाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । यही वैशाख १ गते राति बँदेल मार्न थापेको विद्युतीय धरापमा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका– ११ का ४५ वर्षीय मीनबहादुर गोतामे क्षेत्रीको मृत्यु भएको हो । नजिकैको गाउँमा सांस्कृतिक कार्यक्रम हेरेर फर्कंदै गरेका गोतमे एक सातासम्म घर नफर्केपछि उनको परिवारले खोजविनका लागि प्रहरीमा निवेदन दिएको थियो । क्षेत्रीको शव आज प्रहरीले उत्खनन गरी निकालेको छ । उनको शव नजिकैको जङ्गलमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक हृदय थापाले...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob