scheduleमगलवार बैशाख १० गते, २०७६

TAG

Tag: बुटवल उपमहानगरपालिका
    सामाजिक सुरक्षा भत्ता घरघरमै
    सामाजिक सुरक्षा भत्ता घरघरमै
    बुटवल उपमहानगरपालिका

    खस्यौली, २८ फागुन । बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महीनाको  आठ हजार बराबरको सुरक्षा भत्ता हस्तान्तरण गरे । घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा वडाका ज्येष्ठ नागरिक निकै खुशी भएका थिए । ‘वडाध्यक्षले घरमै आएर सामाजिक सुरक्षा भत्ता दिनुभयो, मलाई निकै खुशी लाग्यो’, वडा नं १ का ज्येष्ठ नागरिक जुलेखा खातुनले भने । खातुनजस्तै चन्द्रमान शाक्य, पूर्णमान श्रेष्ठ, लोकबहादुर रणपाल, श्रीराम अग्रहरिसहित २७ लाई उनिहरुकै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको वडाध्यक्ष लिगलले जानकारी दिए । त्यस अवसरमा जनप्रतिनिधि, वडाध्यक्ष लिगलसहित मदनकुमार श्रेष्ठ, सतिष कषौधन, विष्णु नेपाली, वडासचिव गोकुल ज्ञवाली र सामाजिक परिचालिका विमला राजभण्डारीलगायतले...

    आजको लोकप्रिय

    Vianet
    NTC
    Sajhajob