scheduleआइतवार आषाढ़ १ गते, २०७६

TAG

Tag: बुढीगण्डकी निर्माण
    बुढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढ्छ, कसैले रोक्ने स्थिति छैन : प्रचण्ड
    बुढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढ्छ, कसैले रोक्ने स्थिति छैन : प्रचण्ड
    बुढीगण्डकी निर्माण

    काठमाडौं, २७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढ्ने भन्दै दिमागमा आशंका नलिन आग्रह गरेका छन् । गोरखाको आरूघाट गाउँपालिका–९ मा दोस्रो आरूघाट महोत्सव–२०७५ उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । महोत्सवको उद्घाटनकाक्रममा उनले भने, ‘अब हामी कसैले पनि दिमागमा आशंका लिनुपर्दैन, बुढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढ्छ । यसलाई अब कहीं कसैले रोक्ने स्थिति छैन । त्यसकारण के हुन्छ भन्ने आशंका नराख्न म सबैलाई आग्रह गर्दछु ।’ अध्यक्ष प्रचण्डले बुढीगण्डकीबाट जलविद्युत्का साथसाथै बहु–आयामिक फाईदा हुने भएकाले यसलाई राष्ट्रिय गौरवको परियोजनामा राखिएको बताए । प्रचण्डले आयोजना अगाडि बढाउने शिलशिलामा मुआब्जा वितरणको काम ढिलासुस्ती भएको स्विकार गर्दै सरकारले यसै आर्थिक वर्षमा उक्त काम सम्पन्न गर्ने आश्वासन दिलाए । उनले भने, ‘मैले यहाँ आउनुभन्दा अगाडि सरकारबाट तथ्याँक लिएर आएको छु । मैले जे बोल्छु त्यो प्रमाणिक...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob