scheduleबुधवार श्रावण ८ गते, २०७६

TAG

Tag: बेनी–जोमसोम–कोरला सडक
    बेनी–जोमसोम–कोरला सडक सुस्तायो
    बेनी–जोमसोम–कोरला सडक सुस्तायो
    बेनी–जोमसोम–कोरला सडक

    कमल खत्री/बेनी, ३० वैशाख । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक सुस्ताएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने कोरला नाकाको आधार यस सडक निर्माणको गति सुस्त भएपछि आयोजनामाथि चौतर्फी दबाब बढेको छ । दुई ठूला मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनीदेखि जोमसोमसम्म कालोपत्र र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने गरी सडक स्तरोन्नति थालिएको हो । कुल ७६ किलोमिटरको बेनी–जोमसोममा चार र ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सात प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको भए पनि निर्माण कम्पनीले कार्यक्षेत्रमा उल्लेख्य मात्रामा उपकरण र जनशक्ति परिचालन गर्न सकेका छैनन् । बेनी–जोमसोम खण्डमा समयतालिका बनाएर गाडी चलाउने गरी निर्माण कार्यका लागि उचित वातावरण मिलाइएको भए पनि अधिकाँश ठाउँमा न्यून कामदार र उपकरण प्रयोग भएको पाइएको छ । बर्खायाम शुरु हुन लागिसक्दा समेत सडक स्तरोन्नति र पुल निर्माणको कामले गति नलिएको मुस्ताङ घाँसाका स्थानीय अगुवा विक्रम गौचनले...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob