scheduleशनिवार भाद्र ७ गते, २०७६

TAG

Tag: बैंकिङ कसुर
    बैंकिङ कसुर मुद्दामा मन्त्री खत्रीलाई अदालतमा पेश गर्न आदेश
    बैंकिङ कसुर मुद्दामा मन्त्री खत्रीलाई अदालतमा पेश गर्न आदेश
    बैंकिङ कसुर

    काठमाडौं, २८ साउन । पाटन उच्च अदालतले बैंकिङ कसूर मुद्दामा कर्णाली प्रदेशका एक मन्त्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई प्रतिवादी बनाएर कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले यस्तो फैसला सुनाएको हो । आदेशमा मन्त्री खड्का ३ दिनभित्र अदालतमा पेश गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको छ । कृषि विकास बैंक मुख्य शाखा कार्यालय काठमाडौंका कामु शाखा प्रबन्धक गोकुल प्रसाद पनेरुले दायर गरेको बैंकिङ कसूर मुद्दामा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसकेका छन् । अन्य अभियुक्तहरु पक्राउ परिसके पनि मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठ फरारको सूचीमा रहेका छन् । सोमबार उच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले प्रतिवादी खत्री कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्री बहाल रहेको भए ३ दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ...

    आजको लोकप्रिय

    Vianet
    default-addImage