scheduleबिहिवार आश्विन २ गते, २०७६

TAG

Tag: बोरुसिया डोर्टमण्ड
    बोरुसिया डोर्टमण्ड बराबरीमा रोकिदाँ बार्यनसँगको अंकदुरी घट्यो
    बोरुसिया डोर्टमण्ड बराबरीमा रोकिदाँ बार्यनसँगको अंकदुरी घट्यो
    बोरुसिया डोर्टमण्ड

    काठमाडौँ, ७ फागुन । बुण्डेसा लिगमा लिगलिडर बोरुसिया डोर्टमण्डलाई नर्नबर्गले गोलरहित बराबरीमा रोकेको छ । यस सिजन उच्च फर्ममा रहेको बोरुसियालाई नर्नबर्गले आफ्नो घरेलु मैदानमा बराबरीमा रोक्न सफल भएको हो । बोरुसियाले केही राम्रा अवसरहरु सिर्जना गरेतापनि गोल भने गर्न सकेन । नर्नबर्गले उत्कृष्ट डिफेन्सिभ खेल खेलेको थियो । यो बराबरीसँगै बोरुसियाको २२ खेलमा ५१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको बार्यन म्युनिखको ४८ अंक रहेको छ । यो बराबरीले बोरुसियालाई झट्का लागेको छ । अंकदुरी कम भएसँगै बार्यन पुन उपाधि दौडमा देखिएको छ । नर्नबर्ग १३ अंकका साथ लिगको अन्तिम स्थानमा रहेको छ ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage