scheduleशनिवार माघ ११ गते, २०७६

TAG

Tag: ब्याजदर कार्यान्वयन
    सन्दर्भ ब्याजदर कार्यान्वयन नगर्ने सहकारी संस्थाको खारेजी
    सन्दर्भ ब्याजदर कार्यान्वयन नगर्ने सहकारी संस्थाको खारेजी
    ब्याजदर कार्यान्वयन

    काठमाडौं, ३० कात्तिक । बचत तथा ऋण सहकारी संस्थाले ऋणको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) कार्यान्वयन नगरेको भन्दै सरकारले सहकारी ऐन, २०७४ अनुसार कानूनी कारवाही अगाडि बढाउने भएको छ । सरकारले साउन १९ गतेबाट लागू हुने गरी सन्दर्भ ब्याजदर निर्धारण गरेको थियो । नेपालमा झण्डै ३५ हजार सहकारी संस्था छन् । जसमध्ये १३ हजार ९९७ सहकारी संस्थाले बचत सङ्कलन तथा कर्जा प्रवाह (बैंकिङ कारोवार) गर्ने गरेका छन् । आर्थिक कारोवार गर्ने बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तासँग चर्को ब्याज असुली गरेपछि सरकारले सहकारी ऐन, २०७४ को दफा ५१ अनुसार सन्दर्भ ब्याजदर निर्धारण गरेको थियो । ऐनको दफा ४१ को उपदफा ९४० अनुसार समितिको सिफारिसमा सहकारीको रजिष्टारले सन्दर्भ ब्याजदर तोक्नसक्ने व्यवस्था छ । सोहीअनुसार साउन १९ गते समितिले अधिकतम १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सन्दर्भ ब्याजदर तोकेको थियो । ब्याज र ऋणको अन्तर (स्प्रिड) दर भने पाँच प्रतिशत निर्धारण गरेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage