scheduleमगलवार आश्विन २८ गते, २०७६

TAG

Tag: भन्सारछली
    ५० लाख बराबरको भन्सारछलीका सामान सामान बरामत
    ५० लाख बराबरको भन्सारछलीका सामान सामान बरामत
    भन्सारछली

    बारा, २१ असोज । भारतबाट भन्सार छली नेपाल ल्याएको अवैध कपडा, पशुचौपाय तथा ६ वटा सवारी सधान सहित ४ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका ६ सानो ईटवाल टोलमा डेरागरी बस्ने ३ जनाले भारतबाट मोटरसाईकलमा अन्दाजी मुल्य ३३ लाख हजार बराबरको भन्सार छलीका कपडा लिएर आउँदै गर्दा कपडासहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिम्रौनगढ नगरपालिका वडा नं. ६ सानो ईटवाल टोलका मोजाहिर मियाँको घरमा डेराकोठा लिई बसेका बाराको आदर्शकोतवाल गाउँ पालिका ५ का अन्दाजी वर्ष ३४ को रामरतन यादव, उनका भाइ अन्दाजी वर्ष २९ का जयमंगल प्रसाद यादव, सोही स्थान निवासी अन्दाजी वर्ष ४५ को हेमचन्द्र तिवारी पक्राउ परेका बारा प्रहरीले जनाएको छ । उनीहरूले भारतबाट ५ वटा मोटरसाइकलमा अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका कपडाहरू डेरा कोठामा स्टोर गरी राखेको र केही कपडाहरू मोटरसाईकलमै लोड गरी राखेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरी टोलीले सो सामान सहित उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage