scheduleशनिवार कार्तिक २ गते, २०७६

TAG

Tag: भ्यान
    एसिड बोकेको ट्यांकर भ्यानमाथि पल्टिँदा ९ जनाको मृत्यु
    एसिड बोकेको ट्यांकर भ्यानमाथि पल्टिँदा ९ जनाको मृत्यु
    भ्यान

    एजेन्सी, ७ भदौ । भारतको राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा एसिड बोकेको ट्यांकर भ्यानमाथि पल्टिँदा ९ जनाको ज्यान गएको छ । राजस्थानको राजसमन्द जिल्लास्थित देसुरीमा एसिड बोकेको ट्यांकर अनियन्त्रित भई कारमाथि पल्टिदाँ ९ जनाको मृत्यु भएको हो । दुरघटनामा ज्यान गुमाउने सबै एकै परिवारका सदस्य भएको समाचार माध्यमले जनाएका छन् । भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्नको लागि निक्लिएका थिए । ज्यान गुमाउनेमा तीन बच्चा, दुई महिला र चार पुरुष रहेका छन् । अनुसन्धानबाट भ्यानमा सबार सबैको ज्यान गएको पाइएको छ । दुर्घटनाले गर्दा पाँच घण्टासम्म सडक जाम भएको थियो । यसले गर्दा सकडको दुवै तर्फ वाहनको लामो लाइन लागेको थियो । दुर्घटनाग्रस्त ट्यांकरले एसिड बोकेको थियो । दुर्घटनापछि पल्टिएको ट्यांकरबाट एसिडको पोखिएकाले स्थानीय मानिस सहायताको लागि हच्किएका थिए । दुर्घटनाको तीन घण्टापछि मात्र शवलाई बाहिर निकालिएको थियो ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage