scheduleबिहिवार आश्विन २ गते, २०७६

TAG

Tag: मलद्वार
    मलद्वारमा सुन लुकाउने बंगलादेशी नागरिक प्रहरी खोरमा
    मलद्वारमा सुन लुकाउने बंगलादेशी नागरिक प्रहरी खोरमा
    मलद्वार

    काठमाडौं, ११ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । थाइलाइन एयरलाईन्सबाट काठमाडौं आएका एक बंगलादेशी नागरिक मलद्वारमा लुकाएर ल्याउँदै गरेको ७५० ग्राम सुनसहित पक्राउ परेका हुन् । २५ वर्षिय मोहम्मद अदुल हुसेन विमानस्थल भन्सारमा पक्राउ परेका हुन् । उनीमाथि शंका लागेपछि शोधपुछ गर्दा उनले मलद्वारमा सुन लुकाएर ल्याएको खुलेको हो । केही समयअगाडि चिनियाँ नागरिक पनि यस्तै अवस्थामा सुनसहित पक्राउ परेका थिए । प्रहरी र विमानस्थलका कर्मचारीले दिशा लाग्ने औषधी खुवाएपछि सुन फेला पारेका हुन् । बंगलादेशी नागरिकबाट सय ग्रामका ७ वटा र ५० ग्रामको एउटा सुन फेला परेको हो ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage