scheduleबुधवार भाद्र ४ गते, २०७६

TAG

Tag: माओ दिवस
    माओका विचार समृद्व नेपाल निर्माणका लागि स्मरणीय : प्रचण्ड
    माओका विचार समृद्व नेपाल निर्माणका लागि स्मरणीय : प्रचण्ड
    माओ दिवस

    काठमाडौं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ क्रान्तिका महान् नेता माआत्सेतुङ्गको १२५ औं जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनका बिचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताएका छन् । आज जारी शुभकामनामा अध्यक्षले भनेका छन्, ‘माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय छ ।’ अध्यक्षले शुभकामनामा माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाएको पनि उल्लेख गरेका छन् । अध्यक्षद्वारा जारी गरिएको विज्ञप्तिको पूर्ण अंश यस्तो छ : ‘चिनियाँ नयाँ जनवादी क्रान्तिका महान् नेता कमरेड माओ–त्सेतुङको जन्म दिवसका अवसरमा संसारभरका मुक्तिकामी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत...

    आजको लोकप्रिय

    Vianet
    default-addImage