scheduleआइतवार कार्तिक ३ गते, २०७६

TAG

Tag: मादक पदार्थ सेवन
    मादक पदार्थ सेवन गरी एकआपसमा झगडा गर्दा एक जनाको मृत्यु
    मादक पदार्थ सेवन गरी एकआपसमा झगडा गर्दा एक जनाको मृत्यु
    मादक पदार्थ सेवन

    रुकुम (पूर्व), १५ फागुन । पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ । कुटपिट गर्ने दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय शिवराज राना र जाजरकोट नलगाड नगरपालिका–३ का २३ वर्षीय गोविन्द पुन रहेको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । आइतबार साँझ ९ बजे रावतमाथि कुटपिट भएको थियो । उनीहरु तीनै जना शहीदमार्गको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिमा कार्यरत थिए । मादक पदार्थ सेवन गरी आपसमा झगडा गर्दा रावतलाई लठ्ठीले हिर्काइ अचेत अवस्थामा पु¥याइएको थियो । कुटपिटबाट गम्भीर घाइते रावतको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मङ्गलबार बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । रानालाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो भने पुनलाई सोमबार नियन्त्रणमा लिई कानूनी प्रक्रिया शुरु गरेको प्रनाउ खड्काले बताए ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage