TAG
-
माधव दाहालउत्ताउलो असार
-
माधव दाहालसुन महात्म्यः मदनलाई चिठ्ठी
-
माधव दाहाललोकल सुन्तला र भ्यालेन्टाईन डे
-
माधव दाहालहराएको जीवन
-
माधव दाहालआलु खाएर पेडाको धाक लगाए जस्तो नहोस् एनआरएन
-
माधव दाहालभानुभक्त
-
माधव दाहालनिर्वाचनले भत्काएको नेपाली समाज
-
माधव दाहालआश्वासनको थुप्रोभित्र हराएको मनबिरे

माधव दाहाल/टोरोन्टो, २५ माघ । विदेश भन्ने बित्तिकै हामीलाई हरिया डलरको बिटा भन्ने कल्पना नआउला भन्न सकिन्नँ । आम मानिसहरुको बुझाईमा विदेशमा डलर फल्छ । तर के विदेश साँच्चै तपाईं हामीले सोचे जस्तो सजिलो र रमाईलो मात्र छ त ? अहँ, पक्कै छैन । हामीले सरसर्ती सोचेभन्दा निक्कै फरक र कठिन छ विदेशको बसाई । यहाँको विस्तविकता आम मानिसको सोचाई भन्दा निक्कै फरक छ । भन्न सकिन्छ कि दुःख र सुख सबैतिर छ, मात्र महसुस गर्न सक्नुपर्छ । गत हप्ता उत्तर अमेरिकी मुलुक क्यानडाको टोरोन्टो सहरको तापक्रम माईनस चालिस डिग्री सेन्टिग्रेड पुगेको थियो । त्यसको भोलिपल्ट नै उक्त सहरको तापक्रम ६ डिग्री सेन्टिग्रेड भयो । यसरी जम्मा २ दिनको बीचमा एउटा शहरको तपक्रमको भिन्नता करिब ४६ डिग्री सेन्टिग्रेड रह्यो । अब हामी आफैं सोचौं केवल २४ घण्टाको बीचमा मानव शरीरले करिब ५० डिग्री भन्दा बढी फरकको तापक्रम बेहोर्नु पर्दा व्यक्तिको हालत कस्तो होला, यो भनिरहनु पर्दैन । अत्यधिक हिउँका कारण अस्तव्यस्त बनेको टोरोन्टो सहरको केहि दृश्यहरु-