scheduleसोमवार चैत्र २४ गते, २०७६

TAG

Tag: मामाघर
    मामाघर गएका बालकको डुबेर मृत्यू
    मामाघर गएका बालकको डुबेर मृत्यू
    मामाघर

    सप्तरी, १ कात्तिक । दशैं मनाउन मामाघर आएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवास्थित मामाघर आएका उनी आधा घण्टाको दुरीमा रहेको स्थानमा नुहाउन गएका थिए । बालकसँग नुहाउन गएका मामाका छोरा र सानीआमाका छोराले बचाउने प्रयास गरेपनि कोशी नदीको भङ्गालोमा फसेकाले बचाउन नसकेको परिवारका सदस्यले बताएका छन् । बालकको मृत्युले माइज्यु पिंकी यादव, मामाघरकी हजुरआमा धनेश्वरीदेवी र उनकी देवरानी हरीहरदेवी बेहोस भएका छन् । अचेत अवस्थमा उनिहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यसैबीच सप्तरीको सप्तकोशी नदीमा करिब ६५ वर्षीया एक वृद्धाको शव फेला परेको छ । कोशी ब्यारेजको ढोका नम्बर ५२ र ५३ को मध्यभागमा अडकिएको अवस्थामा वृद्धाको शव निकालिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage