scheduleबुधवार फाल्गुन ७ गते, २०७६

TAG

Tag: मुस्मिल
    महात्मा गान्धीको आँखाबाट काश्मीरलाई हेर्दा …
    महात्मा गान्धीको आँखाबाट काश्मीरलाई हेर्दा …
    मुस्मिल

    सन् १९४७ अगष्टको पहिलो हप्ता महात्मा गान्धी काश्मीर गए । त्यो बेला उनी ७७ बर्षका थिए । यात्रा निक्कै कठीन थियो तर उनको निजी निष्ठा, दायित्व र राष्ट्रिय सम्मानको अवस्था– दुवैले उनलाई त्यहाँ बोलाइरहेको थियो । गान्धीजीको देश भारत स्वतन्त्र र विभाजित दुवै हुँदै थियो । तर, राजतन्त्रात्मक राज्य जम्मु-काश्मीर कुन बाटो जाने हो – प्रष्ट थिएन । राज्यको अधिकांश जनसंख्या मुस्लिम थियो । मुस्लिम जनताका लोकप्रीय नेता शेख अब्दुल्ला पाकिस्तान मन पराउँदैनथे । अब्दुल्ला आफै कट्टर धर्म निरपेक्षतावादी थिए । राज्यका राजा हरि सिंह भने हिन्दू थिए । तर, उनी भारत र पाकिस्तान दुवैतिर जान चाहँदैनथे । उनी जम्मु-काश्मीरलाई आफ्नै नेतृत्वमा पूर्वको स्वीट्जरलैण्ड बनाउने स्वैरकल्पनामा रमाइरहेका थिए ।गान्धीको काश्मीर यात्राका मुख्य दुई उद्देश्य थिए । एक– महाराजा सिंहलाई भेट्नु र अब्दुल्लालाई जेलमुक्त गराउनु । दुई– काश्मीरी जनता के सोचिरहेका छन् भन्ने अनुमान लगाउनु । जब उनी काश्मीर उपत्यका पुगे, उनले भयानक स्थिति पाए । सोचे भन्दा बिलकुल...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage