scheduleआइतवार आषाढ़ १ गते, २०७६

TAG

Tag: मौसम पूर्वानुमान
    उत्तर-पश्चिम भारतमा शक्तिशाली चक्रवात प्रवेश गर्दै, नेपालको मौसमी अवस्था कस्तो छ ?
    उत्तर-पश्चिम भारतमा शक्तिशाली चक्रवात प्रवेश गर्दै, नेपालको मौसमी अवस्था कस्तो छ ?
    मौसम पूर्वानुमान

    काठमाडौं, २९ जेठ । उत्तर-पश्चिम भारतमा ‘वायु’ नामक शक्तिशाली चक्रवात प्रवेश गर्दै छ  । यस क्रममा लाखौं मानिस प्रभावित हुन सक्ने समाचारमाध्यमले जनाएका छन् । यो चक्रवात आगामी २४ घण्टामा निकै प्रभावशाली हुने बताइएको छ । सोमबार अरेबियन सागरमा उत्पन्न भएको वायु बुधबार र बिहीबार भारतको उत्तर-पश्चिम क्षेत्रमा पूर्णरुपमा प्रवेश गर्न लागेको हो । यो चक्रवातले दशकौैंपछि उत्तर-पश्चिम भारतको जनजीवन निकै प्रभावित हुने अनुमान गरिएको छ । सामान्यतया उत्तर-पूर्वी तटीय क्षेत्रमा फानी नामक शक्तिशाली चक्रवात आएको एक महिनापछि वायु चक्रवात सक्रिय हुने गर्छ । चक्रवात बुधबारसम्ममा गुजरातको तटीय क्षेत्रमा प्रवेश गर्ने बताइएको छ । यसको प्रभाव मुम्बईमा समेत देखिन थालेको छ । यसक्रममा वायुको गति प्रतिघण्टा ७५ देखि १३५ किलोमिटर हुने अनुमान गरिएको छ । हाल उत्तर-पश्चिम भारतमा रहेका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । उद्वार तथा राहतका लागि पूर्ण तयारी गरेको भारतीय सरकारले बताएको छ । चक्रवातको जोखिममा रहेका क्षेत्रमा राष्ट्रिय...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob