scheduleशुक्रवार श्रावण ३ गते, २०७६

TAG

Tag: यार्सा
    पढाई विथोलिएपछि विद्यार्थीलाई यार्सा संकलनमा रोक
    पढाई विथोलिएपछि विद्यार्थीलाई यार्सा संकलनमा रोक
    यार्सा

    फाइल फोटो विजय रावत/खलंगा, २८ चैत । जुम्लाको पातारासी गाउँपालिकाले यार्सा संकलनका लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ। बर्सेनि यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताए। गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा टिप्ने काममा नलगाउन अभिभावकलाई सचेत गराएको छ। अधिकृत बढथापाले यार्सा टिप्न विद्यार्थीलाई पाटन लैजाने चलनलाई निरुत्साहित गर्न अभियान नै थालेको बताए। विद्यार्थी यार्सा टिप्न जाँदा तीन महीना विद्यालय बन्द हुने गरेका छन्। उनले भने, ‘यहाँको शैक्षिक अवस्थालाई सुधार्न विद्यालयमा पढ्ने बालबालिकालाई पाटन लैजाने चलनमा रोक लगाएका हौँ।’ यार्सा संकलन गरिने यो समयमा बालबालिकासमेत लिएर अभिभावक पाटन जाने गर्छन् । त्यसका कारण यहाँका विद्यालय खाली र शिक्षक बेकामे बन्ने गरेका छन्। यार्सा टिपाइका कारण विद्यालयमा पठनपाठन प्रभावित हुने गरेकाले गाउँपालिका अध्यक्ष,...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob