scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: राजनीतिक नैतिकता
    ‘किसुनजीले झण्डै गालामा हिर्काएका, तै हात मात्रै उठाए’
    ‘किसुनजीले झण्डै गालामा हिर्काएका, तै हात मात्रै उठाए’
    राजनीतिक नैतिकता

    बिपी कोइरालाको ‘प्रत्येक नेपालीको १५ वर्ष भित्रमा मेरो जस्तै एउटा घर होस्, जग्गा होस्, गाई होस्, बच्चाबच्ची पढ्न स्कूल होस्, औषधिमूलो गर्न सकियोस्’ भन्ने भनाईले मलाई राजनीतिमा दृढतापूर्वक यात्रा अगाडि बढाउन सघायो । मेरो राजनीति कृष्णप्रसाद भट्टराईको छत्रछाँयामा हुर्कियो । त्यतिबेला राजनीति भनेकै त्यागको पर्याय थियो । किसुनजीको नाम लिएपछि सादगी र सदाचारको लम्बेतान् कहानी भन्नै पर्दैन । महात्मा गान्धी भन्नुहुन्थ्यो- मेरो जीवन नै मेरो सन्देश हो । उहाँको तात्पर्य हो- सन्देश बोलीले भन्दा बढी व्यवहारले दिन्छ । गान्धीको जीवनबाट सिक्ने नै त्यही हो । हाम्रा नेताहरु आदर्शका हजार पाठ पठाउँछन् । तर, व्यवहार ? हामीले देखे भोगेकै छौं । के बोल्छन् ? के गर्छन् ? हामी सबै अवाक भइसकेका छौं । समाजवादको नारा दिन्छन्, शिक्षा र स्वास्थ्यमा निजीकरण गर्छन् । सदाचारको कुरा गर्छन्, राजनीतिक प्रणालीको मेरुदण्ड नै भ्रष्टाचारमय छ । राष्ट्रवादी भन्छन्, राष्ट्रिय गौरवको योजना बुढीगण्डकी अँध्यारो कोठामा सम्झौता गरेर विदेशीलाई...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage