scheduleआइतवार आषाढ़ १ गते, २०७६

TAG

Tag: राष्ट्रिय पुँजी
    समृद्धिको लागि राष्ट्रिय पुँजीको विकास गर्नुपर्छः मुख्यमन्त्री शाही
    समृद्धिको लागि राष्ट्रिय पुँजीको विकास गर्नुपर्छः मुख्यमन्त्री शाही
    राष्ट्रिय पुँजी

    फाइल फोटो सुर्खेत, ११ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय पूँजीको विकास नगरी मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने बताएका छन् । सुर्खेतमा सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्रिय पूँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए । ‘हामी अहिलेसम्म आयातमा निर्भर छौँ’, मुख्यमन्त्री शाहीले भने, ‘अब निर्यातलाई वृद्धि गर्न उत्पादन वृद्धिको योजना ल्याउन जरुरी छ ।’ कर्णालीको विकासको पहिलो प्राथमिकता भौतिक पूर्वाधारको विकास भएको बताउँदै मुख्यमन्त्री शाहीले सङ्घीय सरकारको आगामी बजेटले सम्बोधन गर्नुपर्नेमा जोड गरे । मुख्यमन्त्री शाहीले सडक र विद्युत्को अवस्थाका कारण कर्णालीमा ठूला उद्योग तथा विकास निर्माणको काममा प्रभाव परिरहेको बताए । उनले तत्काल कोहलपुर–सुर्खेत सडकलाई स्तरोन्नति गरी चार लेनको बनाउनेतर्फ सङ्घीय सरकारको ध्यान जानुपर्ने बताए । त्यसैगरी अर्थ समितिका सदस्य...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob