scheduleबिहिवार श्रावण २ गते, २०७६

TAG

Tag: रोजगार सेवा केन्द्र
    गोकर्ण विष्टको अर्को काम, अब हरेक स्थानीय तहमा रोजगार सेवा केन्द्र
    गोकर्ण विष्टको अर्को काम, अब हरेक स्थानीय तहमा रोजगार सेवा केन्द्र
    रोजगार सेवा केन्द्र

    काठमाडौं, २६ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएको बताएका छन् । यो कार्यक्रम लागु भएपछि अबको पाँच वर्षभित्रमा वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता अन्त्य हुने उनको विश्वास छ । गण्डकी प्रदेशको पोखरामा आज श्रम तथा रोजगार कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको जनशक्ति सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै मन्त्री बिष्टले कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएको धारणा राखे । सङ्घीय सरकारले वैदेशिक रोजगारमा जानेको सजिलोका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको बताउँदै ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको पनि उनको भनाइ थियो ।  

    आजको लोकप्रिय

    Vianet
    Sajhajob